असोज ३० गते २०८३ || October 16, 2026

प्रधानमन्त्री ओली बेइजिङमा पुगे


मंगलबार, भदौ १७ २०८२०१:५०

प्रधानमन्त्री ओली बेइजिङमा पुगे

प्रधानमन्त्री केपी शर्मा ओली आज बेइजिङ पुगेका छन् । प्रधानमन्त्री ओली थियाजिनमा आयोजित शाङ्घाई सहयोग सङ्गठन (एससिओ)‘प्लस’को शिखर सम्मेलनमा सहभागी भई रेलमार्गबाट बेइजिङ पुगेका हुन् ।

उपराष्ट्रपति चङ्गद्वारा आयोजित रात्रिभोजमा प्रधानमन्त्री ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डल सहभागी हुनेछ ।

भ्रमणको अन्तिम कार्यक्रमका रूपमा विश्वका नेताहरूसँगै नेपाली प्रतिनिधिमण्डल यही भदौ १८ गते चीन सरकारद्वारा बेइजिङमा आयोजना हुने फासिवादविरुद्धको विश्वयुद्ध र जापानी अतिक्रमणविरुद्धको चिनियाँ जनताको प्रतिरोधी युद्धमाथिको विजयको ८०औँ वार्षिकोत्सव समारोहमा प्रतिनिधिमण्डल सहभागी हुनेछ ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend