एसइई परीक्षा दिएर विद्यार्थी पलायन भइरहेको समस्या रोक्न तीन पालिकाले एउटै मञ्चमा प्रतिवद्धता जनाएका छन्। सिरहाको धनगडीमाइ नगरपालिका, लहान नगरपालिका र सप्तरीका सुरुङगा नगरपालिकाले यस्तो प्रतिवद्धता जनाएको हो ।
लहानस्थित विश्व विद्यालयबाट प्रत्ययन चिन्ह(क्युएए) प्राप्त लहानस्थित जेएस मुराारका बहुमुखी क्याम्पसले गुणस्तरी शिक्षा दिन भौतिक र शैक्षिक सबै पूर्वाधार तयार गरेको यस क्याम्पसले सिरहा सप्तरीमका अधिकांश पालिकाका विद्यार्थीहरुले न्यून खर्चमा पढने अवसर हुँदाहुँदै बाहिर विद्यार्थी पलायन भएर आर्थिक भारमा पर्ने गरेको समस्यालाई मनन गरेर विद्यार्थी पलायन रोक्न लहान नगरपालिका र वरिपरिका पालिकाहरुले साझा धारणा बनाउन लागेको लहान नगरपालिकाको नगरप्रमुख तथा जेएस मुरारका बहुमुखी क्याम्पस लहानका सञ्चालक समितिका अध्यक्ष महेश प्रसाद चौधरीले बताउनुभयो ।
धनगडीमाइ नगरपालिका प्रमुख शिव शङकर महतोको अनुसार गएको शुक्रबार लहान नगरपालिकास्थित जेएस मुरारका बहुमुखी क्याम्समा सञ्चालित जेएस मुरारका माध्यमिक विद्यालयले आयोजना गरेको गुणस्तरीय शिक्षासम्बन्धी अन्तरक्रियामा विद्यार्थी पलायन रोक्न आवश्यक रहेको विषयमा तीन पालिकाले अभियान नै चलाउनुपर्ने साझा निष्कर्षमा पुगेको सुनाउनुभयो ।
एसइई परीक्षा सकिएपछि उच्च कक्षाको तयारीका लागि ब्रिज कोर्स गर्न काठमाडौँ विराटनगर जाने लहर नै चलेपछि स्थानीय अभिभावकहरु ठूलो आर्थिक समस्यामा पर्ने र बिचौलियाहरुले एसइईको परीक्षाफल प्रकाशित नहुँदै भारतको विभिन्न प्रान्तमा पलायन गर्न कार्यालय नै खोलेर बसेको यस्ता शैक्षिक विकृतिहरु हटाउन र स्थानीय तहमा रहेको शैक्षिक संस्थाहरुको गुणस्तरीय बढाउन आवश्यक रहेको धनगडीमाइ नगरपालिका प्रमुख शिब शङकर महतोले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘लहानस्थित जेएस मुरारका क्याम्पस लहानमा जहा शैक्षिक र भौतिक व्यवस्थापन यति चुस्त र दुरुस्त हुँदाहुँदै विद्यार्थीलाई बाहिर पठाउनु भनेको जानी जानी आर्थिक सङ्कटमा पर्नु हो ।
मधेशको परीक्षा मर्यादित हुनुपर्ने सप्तरी सुरुङ नगरपालिकाको नगरपालिका प्रमुख गीता चौधरीले भन्दै उच्च शिक्षाका लागि बाहिर जाने विद्यार्थी पलायनको समस्या रोक्न साझा योजना बनाउन आवश्यक भएको बताउनुभयो । ‘‘लहान शैक्षिक हभ भैसकेको छ ।
२०४४ सालमा स्थापना भएको जेएस मुरारका क्याम्पसमा शिक्षा, विज्ञान वाणिज्य र अन्य विषको व्यवस्थित पढाइले यस भेगका विपन्न र दलित समुदायको शिक्षाको लागि बनिरहेको माहोलबारे समय समयमा अन्तरक्रिया गर्दै आइरहेको क्याम्पस प्रमुख सञ्जय कुमार चौधरीले बताउनुभयो ।