मदनभण्डारी राजमार्गमा ट्रकले पैदलयात्रीलाई ठक्कर दिंदा एकजनाको मृत्यु भएको छ भने एकजना गम्भिर घाईते भएका छन।
शुक्रबार विहान सडक छेउँमा हिडिरहेका पैदलयात्रीलाई कमलामाई नगरपालिका वडा नं. ९ बथानचौडीमा विराटनगरबाट काठमान्डौ जाँदै गरेको बा.प्र.०१–००६ख९६४४ नम्बरको मालबाहक ट्रकले ठक्कर दिंदा दुईजना पैदल यात्री घाईते भएका थिए।
घाईते भएका दुवै जनालाई महोत्तरीको वर्दिवासमा रहेको शुभस्वस्तिक अस्पतालमा उपचारका लागि पठाईएकोमा एकजनाको उपचारका क्रममा मृत्यु भएको छ।