देशमा अन्तरिम सरकार गठनको सम्भावनाबारे छलफल तीव्र भइरहेको बेला पूर्वप्रधानन्यायाधीश सुशीला कार्की र मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई विशेष सुरक्षासहित जङ्गीअड्डा लगिएको छ।
स्रोतका अनुसार, नेपाली सेनाको पहलमा दुवै व्यक्तिलाई सैनिक मुख्यालय जङ्गीअड्डा पु¥याइएको हो। हाल देखिएको राजनीतिक संकट समाधान र नयाँ सरकार गठनका विकल्पबारे छलफल गर्न उनीहरूलाई बोलाइएको जनाइएको छ।