असोज ३० गते २०८३ || October 16, 2026

आजको मौसम : यी स्थानमा छ भारी वर्षाको सम्भावना


बुधबार, असोज १ २०८२१०:५९

आजको मौसम : यी स्थानमा छ भारी वर्षाको सम्भावना

महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। बागमती र लुम्बिनी प्रदेशका पहाडी भू–भागका केही स्थानमा र बाँकी भू–भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ। 

कोशी, बागमती, र कर्णाली प्रदेशका पहाडी भू–भाग र लुम्बिनी प्रदेशका तराईका भू–भागका एक–दुई स्थानमा भने भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
यस्तै, आज राति पनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा बदली रहनेछ।

मधेश प्रदेशलगायत कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।यसैगरी, महाशाखाका अनुसार मधेश प्रदेश, कोशी प्रदेश र बागमती प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend