असोज ३० गते २०८३ || October 16, 2026

प्रधानमन्त्री कार्की र मोदीबीच टेलिफोन वार्ता हुँदै


बिहीबार , असोज २ २०८२११:५९

प्रधानमन्त्री कार्की र मोदीबीच टेलिफोन वार्ता हुँदै

प्रधानमन्त्री सुशीला कार्की र भारतका समकक्षी नरेन्द्र मोदीबीच आज (बिहीबार) कुराकानी हुने भएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार आज प्रधानमन्त्री कार्की र मोदीबीच भिडिओमा स‌ंवाद हुने भएको हो। 

यसअघि मंगलबार नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सिंहदरबारमा प्रधानमन्त्री कार्कीसँग शिष्टाचार भेट गरेका थिए। भेटमा राजदूत श्रीवास्तवले नेपालको उन्नति र समृद्धिका लागि भारतले सधैँ सहयोग गरिरहेको र आगामी दिनमा पनि यो जारी रहने प्रतिबद्धता जनाए। 

साथै उनले विकास, पुनः निर्माणमा सघाउने उल्लेख गर्दै भारत नेपालमा शान्ति, सुशासन र स्थिरताको पक्षमा रहेको बताए।  भारतीय राजदूतमार्फत प्रधानमन्त्री कार्कीले बिहीबार पारस्परिक हितका विषयमा विस्तृतमा छलफल गर्ने जवाफ दिएकी थिइन्।

त्यसअनुसार आज भारतका प्रधानमन्त्री मोदीसँग प्रधानमन्त्री कार्कीले भिडिओ कुराकानी गर्ने भएकी हुन्। 




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend