असोज ३० गते २०८३ || October 16, 2026

राजीनामा दिएका अखिल अध्यक्ष कडरिया फर्कन खोजेपछि बागमतीका ६ अध्यक्ष र इन्चार्जको आपत्ति


शनिबार, असोज ४ २०८२०२:०९

राजीनामा दिएका अखिल अध्यक्ष कडरिया फर्कन खोजेपछि बागमतीका ६ अध्यक्ष र इन्चार्जको आपत्ति

जेन-जी आन्दोलनको क्रममा एमालेको विद्यार्थी सङ्गठन अनेरास्ववियुबाट राजीनामा दिएका डाक्टर सुजन कडरिया फेरि अखिल अध्यक्षको रूपमा फर्कन खोजेपछि अखिल बागमती प्रदेशका ६ जिल्ला अध्यक्ष र इन्चार्जले लिखित आपत्ति जनाएका छन्।

काभ्रे, सिन्धुपाल्चोक, धादिङ, चितवन, मकवानपुर र दोलखाका अध्यक्ष तथा इन्चार्जहरूले आपत्ति जनाएका हुन्।

भदौ २४ गते राजीनामा दिएका कडरियाले पछि स्थिति शान्त भएपछि आफूलाई ज्यान मार्ने धम्की आएर राजीनामा दिएको बताएका थिए।

भानुभक्त ढकाल र शङ्कर पोखरेलले जबर्जस्ती अध्यक्ष बनाएका कडरियालाई दुवै नेताले आग्रह गरेर राजीनामा फिर्ता गर्न लगाएको एक अखिल नेताले बताएका छन्।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend