विराटनगरबाट स्रोत नखुलेको साढे १४ लाख नेपाली रुपैयाँसहित एक जना पक्राउ परेका छन्। भारतबाट नेपाल ल्याउँदै गरेको १४ लाख ५० हजार रुपैयाँ प्रहरीले मंगलबार बरामद गरेको हो।
मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले विराटनगर महानगरपालिका–१७ बाट ठुलो मात्रामा रकम बरामद गरिएको जानकारी दिइन्। प्रहरीले भारतबाट शंकास्पद रूपमा नेपाल प्रवेश गरेको को३८प ५८५१ नम्बरको मोटरसाइकल नियन्त्रणमा लिएको थियो। विराटनगर–१८ का ४१ वर्षीय वीरेन्द्र साहले चलाएको मोटरसाइकल नियन्त्रणमा लिएर खानतलासी गर्दा लुकाइछिपाइ ल्याएको रकम फेला परेको चुँडालले बताइन्।