असोज २९ गते २०८३ || October 15, 2026

रास्वपालाई घरबेटीले भने– केन्द्रीय कार्यालय भवन खाली गरिदिन आग्रह


शुक्रबार, असोज १० २०८२११:२७

रास्वपालाई घरबेटीले भने– केन्द्रीय कार्यालय भवन  खाली  गरिदिन आग्रह

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालय रहेको भवन खाली गरिदिन घरधनीले आग्रह गरेका छन् ।

रास्वपालाई बनस्थलीस्थित केन्द्रीय कार्यालय राख्न घर भाडामा दिएका घरधनी भरतमणि देवकोटाले तीन महिनाभित्र घर खाली गरिदिन भनेका हुन् ।

लामो समयसम्मको भाडा नपाएको र सुरक्षाको कारणले घर छोड्न रास्वपालाई जानकारी गराएको उनले अनलाइनखबरलाई बताए।

अमेरिकामा रहेका देवकोटाले अनलाइनखबरसँग भने, ‘१० महिनाको भाडावापतको रकम पाएको छैन । पार्टीलाई सापट दिएको रकम पनि पाएको छैन । सापट दिएको ठूलै रकम छ। के कति अहिले नभनौं ।’ देवकोटाका अनुसार मासिक तीन लाख पचास हजार रुपैयाँमा घरभाडामा सहमति बनेको थियो।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend