कात्तिक १ गते २०८३ || October 17, 2026

काठमाडौं र ललितपुरमा आज सोमबारका लागि दिइएको सार्वजनिक बिदा खारेज


सोमबार, असोज २० २०८२११:१६

काठमाडौं र ललितपुरमा आज सोमबारका लागि दिइएको सार्वजनिक बिदा खारेज

काठमाडौं र ललितपुरमा  आज  सोमबारका लागि दिइएको सार्वजनिक बिदा खारेज गरिएको छ। जिल्ला प्रशासन कार्यालयहरूले आइतबार राति छुट्टाछुट्टै सूचना जारी गर्दै साेमबार असोज २० गते बिहान १० बजेदेखि सबै सरकारी कार्यालय, संस्थान र स्थानीय तहहरू सञ्चालन गर्न निर्देशन दिएका हुन्।

यसअघि सरकारले २० गतेसम्म बिदा दिने निर्णय गरेको थियो। तर गृह मन्त्रालयले विपद् जोखिम तथा प्रतिकार्य कार्यमा प्रत्यक्ष रूपमा संलग्न नरहेका जिल्लाहरूलाई सेवा नियमित सञ्चालन गर्न निर्देशन दिएसँगै राजधानीका दुवै जिल्लामा बिदा खारेज गरिएको हो।

काठमाडौँ प्रशासनको सूचनामा भनिएको छ, ‘मिति २०८२/०६/२० सोमबार बिहान १० बजे देखि कार्यालय समयसम्म काठमाडौँ जिल्लाका सबै प्रकारका सरकारी कार्यालयहरू, संस्थानहरू र स्थानीय तहहरूबाट सेवा प्रवाह हुने गरी कार्यालय खुला राख्न तथा कर्मचारीहरूको उपस्थितिको व्यवस्था मिलाउन अनुरोध गरिएको छ।’

lalitpur-dao-notice__SKpHmhCvn3.png
undefined




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend