प्राविधिक शिक्षा तथा व्यावसायीक तालिम परिषद् (सीटिईभीटी)ले जेनजी आन्दोलनका क्रममा उत्तरपुस्तिका जलेर नष्ट भएको परीक्षा केन्द्रमा मंसिर ४ गते पुनः परीक्षा गर्ने निर्णय गरेको छ।
परिषद्ले सार्वजनिक सूचना प्रकाशन गरी डिप्लोमा, प्रमाणपत्र र प्रिडिप्लोमा तहका परीक्षा मंसिर ४ गते जनाएको हो।
जेनजी आन्दोलनमा सीटीईभीटीको १४ हजार ७०० वटा उत्तरपुस्तिका जलेको परिषद्ले जनाएको छ।