असोज ३० गते २०८३ || October 16, 2026

एमाले सचिवालय : ५ जनाले मागे ओलीकाे हाताहाती राजीनामा


सोमबार, असोज २७ २०८२११:१२

एमाले सचिवालय : ५ जनाले मागे ओलीकाे हाताहाती राजीनामा

नेकपा एमालेको १८ सदस्यीय सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीले तत्कालै राजीनामा दिनुपर्ने माग जम्मा ५ पदाधिकारीले राखेका छन् । अन्य १३ ले नेतृत्वमाथिका तमाम विषय वैधानिक निकाय महाधिवेशनमै उठाउनुपर्ने धारणा राखेका छन् ।

केन्द्रीय कमिटीको १० औं बैठक असोजको २९ देखि ३१ गतेसम्म ललितपुरमा बस्ने भएको छ । उक्त बैठक जावलाखेल, भनिमण्डलस्थित राम बाग महल पार्टी प्यालेसमा बस्ने भएको छ । बैठकले संसद विघटनविरुद्धका संघर्षका कार्यक्रम पनि तय गर्ने ती पदाधिकारीले बताए ।

सचिवालय बैठकमा उपाध्यक्ष युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, सचिव योगेश भट्टराई र गोकर्ण विष्टले अध्यक्ष ओलीले तत्कालै राजीनामा दिएर अर्को पुस्ताबाट महाधिवेशन आयोजक कमिटीको संयोजक तोक्न माग गरेका छन् ।

अरुले नेतृत्व परिवर्तन वा अनुमोदनमध्ये जे गरे पनि महाधिवेशनबाटै गर्नुपर्ने धारणा राखे । 




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend