असोज ३० गते २०८३ || October 16, 2026

२ करोड ओसारेको भन्दै पुलिसविरुद्ध पुलिसमा उजुरी


सोमबार, असोज २७ २०८२११:३९

२ करोड ओसारेको भन्दै पुलिसविरुद्ध पुलिसमा उजुरी

नेपाल प्रहरीका पूर्व अतिरिक्त महानिरिक्षक (एआइजी) देवेन्द्र सुवेदीविरुद्ध प्रहरीको साइबर ब्युरोमा उजुरी परेको छ। नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले उजुरी दर्ता गराएको हो। 

रोल्पा घर भएका एआइजी सुवेदीले केही दिनअघि एक अन्तर्वार्तामा माओवादी संयोजक प्रचण्डले जेनजी प्रदर्शनको क्रममा घर जल्नुभन्दा दुई दिनअघि नै ‘दुई करोड दुई ट्रक पैसा निकालेको’ आरोप लगाएका थिए। यद्यपि, उनले दुई करोड भनेका हुन् कि दुई ट्रक भनेका हुन् भन्ने स्पष्ट नहुँदा उक्त आरोपमा त्यति दम नदेखिएको माओवादी नेताहरुको भनाई छ।  

हिजो एआइजी सुवेदीलाई प्रमाण पेश गर्न चुनौती दिएको प्रचण्ड सचिवालयले भोटाहिटी पुगेर उजुरी दिएकाे हो। माओवादी नेता राजन दाहालका अनुसार ब्युरोले उजुरी दर्ता समेत गरिसकेको छ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend