असोज ३० गते २०८३ || October 16, 2026

बंगलादेशको अन्तरिम सरकारले पूर्वप्रधानमन्त्री हसिनालाई मृत्युदण्ड दिन माग


शुक्रबार, असोज ३१ २०८२०३:३४

बंगलादेशको अन्तरिम सरकारले पूर्वप्रधानमन्त्री हसिनालाई मृत्युदण्ड दिन माग

बंगलादेशको अन्तरिम सरकारले पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्ड दिन माग गरेको छ। गत वर्ष विद्यार्थी नेतृत्वको विरोध प्रदर्शनलाई दबाएर मानवता विरुद्धको अपराध गरेको  भन्दै उनलाई मृत्युदण्डको माग गरिएको हो। 

'हसिनालाई १ हजार ४०० मृत्युको सजाय मिल्नुपर्छ,' बंगलादेशका प्रमुख सरकारी वकिल ताजुल इस्लामले भने, 'मानवीय रूपमा यो सम्भव नभएकाले हामी कम्तिमा एक मृत्युदण्डको माग गर्छौं ।'

बंगलादेशमा विद्यार्थीहरूको विरोध प्रदर्शन हिंसात्मक भएपछि सुरक्षा बलको कारबाहीमा धेरै मानिसहरू मारिएका थिए । यो हिंसाले हसिनालाई सत्ताबाट हटाएको थियो।

हसिना हाल भारतमा शरण लिइरहेकी छिन् । उनीविरुद्ध चलिरहेको मुद्दाको क्रममा एउटा लिक भएको अडियो क्लिप बाहिर आएको छ, जसमा उनले सुरक्षा बललाई प्रदर्शनकारीहरूविरुद्ध घातक हतियार प्रयोग गर्न आदेश दिएको आरोप छ ।

यद्यपि, हसिनाले यी आरोपहरूलाई अस्वीकार गरेकी छिन्।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend