निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आयोगले निष्ठापूर्व निर्वाचन गर्न तयार रहेको बताएका छन्।
आयोगमा प्रमुख निर्वाचन आयुक्त रिक्त रहेको सन्दर्भमा कार्यवाहक प्रमुख आयुक्तले कसरी निर्वाचन गराउँछ? प्रश्न उठेको बेला कार्यवाहक प्रमुख निर्वाचन आयुक्तले यस्तो बताएका हुन्। ‘व्यक्तिभन्दा संस्था ठूलो हो। नेतृत्वमा व्यक्ति हुनु वा नहुनु धेरै ठूलो अर्थ राख्दैन। निर्वाचन आयोगले निर्वाचन गराउँछ।
निर्वाचनको वातावरण बनाउन आयोगले सरकार, राजनीतिक दल र सुरक्षा निकायको संयुक्त बैठक राख्ने तयारी गरिरहेको छ। उनले भने, ‘निर्वाचन आयोग, सरकार, राजनीतिक दल र सुरक्षाकर्मी प्रमुखको संयुक्त बैठक छिट्टै राख्दैछौं।आयोगले निष्ठापूर्वक निर्वाचन गराउँछ। सरकारले स्रोत साधन दिने भनेको छ। राजनीतिक दलले निर्वाचनमा भाग लिन्छौं भनेको छ।
बिहीबार आयोगले राजनीतिक दलहरूसँग गरेको बैठकमा राजनीतिक दलले जेनजी आन्दोलनका क्रममा लुटिएका प्रहरीका बन्दुक र जेलबाट भागेका अपराधीहरूलाई बाहिर राखेर कसरी हुन्छ चुनाव? भन्ने प्रश्न उठाएका थिए।