असोज ३० गते २०८३ || October 16, 2026

कांग्रेसले चुनावमा जाने निर्णय गरे एमाले एक्लिने सम्भावना बलियो


शनिबार, कात्तिक १ २०८२०१:२०

कांग्रेसले चुनावमा जाने निर्णय गरे एमाले एक्लिने सम्भावना बलियो

नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकको निर्णय आउनुअघि नै शुक्रबार नेकपा एमालेले २२ बुँदेसहित संसद पुनःस्थापनाको पक्षमा आधिकारिक रुपमा उभिएर मध्यावधि निर्वाचनको बिरोधमा अडिएको छ।

एमालेलाई कांग्रेस पनि सदन पुनःस्थापनाको पक्षमा उभिन्छ भन्ने विश्वास छ। तर, लोकतान्त्रिक प्रणालीमा हुर्किएको कांग्रेस हालसम्म चुनावको विपक्षमा बिरलै उभिएको छ।

कांग्रेसको केन्द्रीय समितिले आधिकारिक रुपमा निर्वाचनमा सहभागी हुने निर्णय गरे एमाले एक्लिने सम्भावना बलियो रहेको छ।

कांग्रेसका एक केन्द्रीय सदस्यले भने,‘हामी निर्वाचनबाट भाग्नेवाला छैनौं। निर्वाचनमा कसरी सहभागी हुने भन्नेमा छलफलका क्रममा रहेका छौं। सकारात्मक निर्णय आउन सक्छ।’

भदौ २३ र २४ गते जेनजी पुस्ताको आन्दोलनपछि २७ गते पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा सरकार गठनसँगै प्रतिनिधि सभा विघटनसहित २१ फागुनका लागि निर्वाचन घोषणा भएको छ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend