राजसंस्थावादी शक्तिले शनिबार काठमाडौंमा ज्ञानेन्द्र शाहलाई तेस्रो पटक राजा बनाउनुपर्ने नारासहित मोटरसाइकल र्याली गरेको छ।
मुलुकको अभिभावक संस्था स्थापित गर्नुपर्ने मागसहित सामाखुशीमा भेला भएका राजसंस्था पक्षधरले तुलसहित प्रदर्शन गरेका छन्।
उनीहरुले सडकमा नयाँ नारा दिएका छन्। भन्छन्,‘जेनजी पुस्ता, जनता र राजा एक बनौं, राजसंस्था फिर्ता गरौं।’
ज्ञानेन्द्रलाई तेस्रो पटक राजा बनाउनुपर्ने उनीहरुको माग छ। यसअघि अन्तिम राजाका रुपमा रहेका ज्ञानेन्द्र तत्कालिन समयमा राजगद्दीमा राणा शासनकालमा रहेका थिए।