साने ताकाइची जापानको पहिलो महिला प्रधानमन्त्री बनेकी छन् । केहि साता अघि जापानको लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) को अध्यक्षमा निर्वाचित भएकी ताकाइचीलाई जापानको तल्लो सदनले प्रधानमन्त्रीमा निर्वाचित गरेको छ।
तल्लो सदनमा भएको मदानमा उनले २३७ मत प्राप्त गरेकी थिइन् । ४६५ सदस्यीय तल्लो सदनमा बहुमतका लागि २३३ मत आवश्यक पर्दछ।
मतदान हुनु अघिय मंगलबार नै ताकाइचीले जापान इनोभेसन पार्टी (जेआइपी) सँग गठबन्धन बनाउन सहमति गरेकी थिइन्। जेआइपीको तल्लो सदनमा ४१ सिट रहेको छ।
त्यस्तै २४७ सदस्यीय उपल्लो सदनमा पनि ताकाइचीले १२५ मत प्राप्त गर्दै बहुमत हासिल गरेकी छन्। जापानको इतिहासमा ताकाइची पहिलो महिला प्रधानमन्त्री बनेकी छन्। ६४ बर्षिय ताकाइचीलाई जापानमा दक्षिणपन्थी रूढिवादी नेता मानिन्छ। सेप्टेम्बर २०२४ मा प्रधानमन्त्री बनेक शिगेरु इशिबाले राजीनामा दिएपछि जापानले नयाँ प्रधानमन्त्री चुनेको हो।