अन्तरिम सरकारले नेपाल प्रहरीको नयाँ प्रहरी महानिरीक्षकमा दान बहादुर कार्कीलाई नियुक्त गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई प्रहरी संगठनको सर्वोच्च पदमा नियुक्त गरेको हो । कार्की हाल काठमाण्डु उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत छन् ।
वर्तमान आईजीपी चन्द्रकुवेर खापुङ ३० वर्षे सेवा अवधिका कारण कात्तिक २६ गते राति १२ बजेदेखि अनिवार्य अवकाशमा जाने भएकाले सरकारले नयाँ नेतृत्व चयन गर्नुपर्ने अवस्था आएको हो ।
आन्दोलनका अनेक घोषणा छन्। राजनीतिक अवस्था तरल छ। त्यहाँमाथि संगठनका कर्मचारीको मन भाँच्चिएको अवस्थासहितलाई बलियो बनाउने दायित्व अब प्रहरीका नेताका रुपमा कार्कीले सम्बोधन र प्रयोग गर्नुपर्ने हुन्छ।