असोज ३० गते २०८३ || October 16, 2026

आज देशका सबै ७५३ वटै पालिकामा जनप्रर्दशन,


मंगलबार, कात्तिक २५ २०८२०३:२९

आज देशका सबै ७५३ वटै पालिकामा जनप्रर्दशन,

नेकपा एमालेको आज मंगलबार सबै ७५३ वटै पालिकामा जनप्रर्दशन हुँदैछ।

एमालेले देशै भरि जनपरिचालन गर्ने निर्णय गरेअनुसार वडा, पालिका, जिल्ला र राष्ट्रिय रूपमा जनप्रर्दशनका कार्यक्रम सार्वजनिक गरेको थियो। 

पार्टीको प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार कात्तिक २२ गते देशका सबै ६ हजार ७ सय ४३ वटै वडामा वडा भेला सम्पन्न भइसकेका छन्।

उक्त भेलामा भदौ २४ पछि विकसित राजनीतिक घटनाक्रम, संसद् विघटन र एमालेको आगामी बाटोका विषयमा कार्यकर्ताहरुलाई प्रस्ट पारिएको उनको भनाइ  छ। 

आजको जनप्रदर्शन कात्तिक २९ गते जिल्ला स्तरीय आमसभा, मंसिर ६ गते काठमाडौँमा हुने जनप्रदर्शन र आगामी महाधिवेशनको प्रचारका रूपमा पनि रहने एमालेले जनाएको छ। आजको कार्यक्रममा जनतालाई उजागर गर्न  नारा पार्टी केन्द्रले तय गरेको छ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend