फागुन २१ मा प्रतिनिधिसभाको मध्यावधि निर्वाचन तोकिएता निर्वाचन आयोगमा दल दर्ताको काम धमाधम भएको छ ।२३ र २४ भदौमा भएको जेन–जी आन्दोलनयता दल दर्ताका लागि २७ वटा निवेदन परेको छ । त्यसअघिका ९ वटा निवेदन समेत गरी ३६ वटा दल दर्ताका निवेदन आयोगमा विचाराधीन अवस्थामा छन् ।
शुक्रबार एकै दिन चारवटा नयाँ दलले दर्ताको लागि निवेदन दिएका थिए। आयोगका अनुसार अद्यावधिक दलको संख्या हाल १२६ वटा रहेको छ ।