कात्तिक १ गते २०८३ || October 17, 2026

दुर्गा प्रसाईंको समर्थनमा नागरिक बचाउ दल दर्ता


आइतबार, कात्तिक ३० २०८२०५:५५

दुर्गा प्रसाईंको समर्थनमा नागरिक बचाउ दल दर्ता

दुर्गा प्रसाईँको समर्थनमा नागरिक बचाउ दल दर्ताका लागि निर्वाचन आयोगमा सनाखत गरिएको छ । यसअघि नै दर्ताका लागि निवेदन दिएको सो पार्टीका नेताहरु आइतबार आयोग पुगेर सनाखत गरेका थिए  ।प्रसाईँले आफ्नो नेतृत्वमा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान चलाउदै आएका छन् ।

तर नागरिक बचाउ दलको सभापतिमा भने नागरिक बचाउ महाअभियानका प्रवक्ता माधव खतिवडालाई तोकिएको छ । उनले अहिले धेरै पार्टी दर्ता भएपनि अन्य पार्टीभन्दा आफ्नो दल अलग रहेको बताए ।  जनताका आधारभूत एजेण्डालाई लिएर निर्वाचनमा सहभागी हुने उनले बताए । उनले हाल पार्टीको २९ जना प्रारम्भिक समिति गठन गरिएको जानकारी दिएका छन्  । 




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend