असोज ३० गते २०८३ || October 16, 2026

बंगलादेशमा पूर्वप्रधानमन्त्री शेख हसिना विरुद्ध मुद्दामा अदालतले आज फैसला सुनाउने


सोमबार, मंसिर १ २०८२११:०४

बंगलादेशमा पूर्वप्रधानमन्त्री शेख हसिना विरुद्ध  मुद्दामा अदालतले आज  फैसला  सुनाउने

बंगलादेशमा पूर्वप्रधानमन्त्री शेख हसिना विरुद्धको मुद्दामा आज फैसला आउने  छ । उनीविरुद्ध ‘मानवताका विरुद्ध अपराध’ मुद्दामा अदालतले आज  फैसला सुनाउने छ । अभियोजन पक्षले तत्कालीन प्रधानमन्त्री हसिना र असदुज्जमां खान कमालविरुद्ध अधिकतम सजाय अर्थात् मृत्यु दण्डको माग गरेका थिए।

बंगलादेशको सर्वोच्च अदालतले सेनाको मुख्यालयलाई पत्र लेख्दै फैसला अघि उक्त मुद्दाको सुनुवाइ चलिरहेको ‘अन्तर्राष्ट्रिय अपराध न्यायाधीकरण’ (आईसीटी) मा सुरक्षा कडा तुल्याउन अनुरोध गरेका छन्  ।


शेख हसिना र तीन अन्य अभियुक्तका सम्बन्धमा फैसला सुनाउँदा इजलासबाटै प्रत्यक्ष प्रसारण गरिने भएको छ । गत वर्ष विद्यार्थीहरूले गरेको विरोध प्रदर्शनलाई दबाउन अत्यधिक बल प्रयोग गरेको र ठुलो नरसंहार गरेको आरोपमा तत्कालीन प्रधानमन्त्री हसिना र उनका सहयोगीविरुद्ध मुद्दा चलेको हो । हसिला हाल भारतमा शरण लिएर बस्दै आएकी छन् ।उनले आफूमाथि लाग्दै आएको आरोपलाई अस्वीकार गरेकी छन् । हसिनाका समर्थकहरू सडकमा उत्रिने सम्भावनालाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा बनाएका छन् ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend