प्रधानमन्त्री सुशीला कार्कीले नागरिक समाजका अगुवाहरूसँग छलफल गर्ने बताएकी छिन् ।दिउँसो १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा अन्तरक्रिया कार्यक्रम तय भएको प्रधानमन्त्री कार्कीको सचिवालयले जनाएका छन् ।
कार्की नेतृत्वको अन्तरिम सरकार चुनावका लागि गठन भए पनि चुनावको वातावरण बन्न सकेको छैन ।प्रमुख दलमध्येको एक नेकपा एमाले प्रतिनिधिसभा पुन:स्थापनाको पक्षमा देखिन्छन् ।देशमा आशाको वातावरण समेत देखिन सकेको छैन । यही परिप्रेक्षमा प्रधानमन्त्री कार्कीले नागरिक अगुवाहरूसँग छलफल गर्न लागेकी हुन् ।