असोज २९ गते २०८३ || October 15, 2026

स्रोत नखुलेको ८ लाख १३ हजार ९१० रुपैयाँसहित तीन जनालाई पक्राउ


बुधबार, मंसिर ३ २०८२१०:५८

स्रोत नखुलेको ८ लाख १३ हजार ९१० रुपैयाँसहित तीन जनालाई  पक्राउ

मलंगवा नगरपालिका–८ बाट प्रहरीले स्रोत नखुलेको ८ लाख १३ हजार ९१० रुपैयाँसहित तीन जनालाई  पक्राउ गरेको थियो । पक्राउ पर्नेहरूमा ईश्वरपुर नगरपालिका–३ का ३४ वर्षीय सुवास लामिछाने, २९ वर्षीय रुपेश सहनी र मलंगवा नगरपालिका–१० घर भई कविलासी नगरपालिका–४ बस्ने २८ वर्षीय मुकेश चौधरी रहेका छन्।

भारतको सोनवर्षाबाट मलंगवातर्फ आउँदै गरेका उनीहरूलाई प्रहरी चौकी गोरखकालीबाट खटिएको टोलीले चेकजाँचका क्रममा नियन्त्रणमा लिएको थियो । मधेश प्रदेश ०३–०३६ प ९३८८ नम्बरको मोटरसाइकलमा सवार सुवास र रुपेश तथा पैदल यात्री मुकेशलाई नगदसहित पक्राउ गरिएको प्रहरीले भनेका छन् ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend