असोज २९ गते २०८३ || October 15, 2026

सल्यानमा ५ नाल भरुवा बन्दुक बरामद


बुधबार, मंसिर ३ २०८२१२:३०

सल्यानमा ५ नाल भरुवा बन्दुक बरामद

सल्यानमा प्रहरीले ५ नाल भरुवा बन्दुक बरामद गरेका छन् । जिल्लाको वनगाड कुपिण्डे नगरपालिका–१२ चौरस्थित विभिन्न स्थानहरूबाट  ५ थान भरूवा बन्दुक मंगलबार दिउँसो बरामद गरिएको थियो  ।

उक्त स्थानमा वेवारिसे अवस्थामा भरूवा बन्दुक रहेको भन्ने सूचनाको आधारमा प्रहरी चौकी वनगार र जिल्ला प्रहरी कार्यालय सल्यानबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको भनिएको  हो ।यस सम्बन्धमा प्रहरीलेथप अनुसन्धान भइरहेको भनेका छन्  । 




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend