असोज ३० गते २०८३ || October 16, 2026

चिलिमे-त्रिशूली २२० केभी प्रसारण लाइन चैतभित्र सञ्चालनमा आउने


पिपल अनलाइन
शनिबार, पुस १६ २०७९०१:२०

चिलिमे-त्रिशूली २२० केभी प्रसारण लाइन चैतभित्र सञ्चालनमा आउने

काठमाण्डौँ-त्रिशूली नदी र त्यसका सहायक खोलामा निर्माणाधीन तथा निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा प्रवाहका लागि निर्माणाधीन चिलिमे त्रिशूली २२० केभी प्रसारण लाइन र सबस्टेशनको निर्माण ७० प्रतिशत सकिएको छ । 

प्रसारण लाइन र सबस्टेशनको निर्माण आगामी चैतभित्र सक्ने गरी काम धमाधम भइरहेको प्राधिकरणले जनाएको छ । आयोजना अन्तर्गत रसुवाको आमाछोदिङ्मो गाउँपालिकास्थित थम्बुचेत र नुवाकोटको किस्पाङ गाउँपालिकाको पहिरेबेसीमा २२०/१३२र३३ केभीको क्रमश चिलिमे हब र त्रिशूली -३ ‘बी’ हब सबस्टेशन निर्माणाधीन छन् । साथै, रसुवाको चिलिमे त्रिशूली ३ ‘बी’ हब २२० केभी प्रसारण लाइन निर्माण भइरहेको छ ।

दुवै सबस्टेशन सिभिल संरचनाको निर्माण अन्तिम चरणमा पुगेको प्राधिकरणले जनाएको छ । सबस्टेशनमा रहने पावर ट्रान्सफर्मर, जीआईएस लगायतका महत्त्वपूर्ण उपकरण आयोजनास्थलमा ल्याइसकिएको छ। यता, प्रसारण लाइनका टावर, कन्डक्टर लगायतका सम्पूर्ण उपकरण निर्माणस्थलमा आपूर्ति भइसकेको प्राधिकरणले जनाएको छ ।

कुल २८ किलोमिटर प्रसारण लाइनमा पर्ने ७९ वटा टावरमध्ये ४३ वटाको जग हालिएको छ। १४ वटा टावरको जग हाल्ने काम भइरहेको छ। २५ वटा टावर खडा गरिएको छ। खडा गरिएका टावरमा तार तान्न छिटै शुरू हुनेछ । चिलिमे-त्रिशूली-३ ‘बी’ हब प्रसारण लाइन अन्तर्गत चिलिमे-मैलुङ खण्ड २० किलोमिटर डबल सर्किट र मैलुङ-त्रिशूली-३ ‘बी’ हबसम्म आठ किलोमिटर चार मल्टी सर्किट निर्माण गर्नेछ ।

 


  • सम्बन्धित विषय:

  • # चिलिमे-त्रिशूली–२२०–केभी–प्रसारण–लाइन–चैतभित्र–सञ्चालनमा–ल्याउने–तयारी
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend