कोशी प्रदेश सरकारको बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो। कोशी प्रदेश सरकारको योजना आयोगको उपाध्यक्षमा तारानाथ निरौला नियुक्त भएका छन् ।
यस अघिका उपाध्यक्ष डा. राजेन्द्र अधिकारीले गत कार्तिक २० गतेदेखि लागू हुनेगरी राजीनामा दिएका हुन् । अधिकारीको राजीनामा स्वीकृत गर्दै प्रदेश सरकारले निरौलालाई आयोगको उपाध्यक्ष नियुक्त गर्ने निर्णय लिएको हो ।