आइतबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले एकीकृत निर्वाचन सुरक्षा योजना स्वीकृत गर्दै निर्वाचन सुरक्षाका लागि सरकारले आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि करिब १ लाख २० हजार 'निर्वाचन सुरक्षा प्रहरी' भर्ना गर्ने भएको छ।
गृह मन्त्रालका प्रवक्ता सहसचिव आनन्द काफ्लेले निर्वाचनका लागि 'निर्वाचन सुरक्षा प्रहरी'को भर्ना गर्ने तयारी भएको बताएका छन्। निर्वाचनका लागि निर्वाचन आयोगले मदतान स्थल र मतदाता नामवालीबारे जानकारी गराएपछि संख्याको विषयमा थपघट हुने र भर्ना प्रकृया प्रहरीले गर्ने काफ्लेले भनेका छन् ।
नेपाल प्रहरीका प्रवक्ता डीआईजी अभिनारायण काफ्लेले पनि जिल्ला सुरक्षा समितिको सुरक्षा विश्लेषणका आधारमा 'निर्वाचन सुरक्षा प्रहरी' भर्ना गरिने बताए ।