नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई तत्काल छाड्न सरकारसँग माग गरेका छन् । बोलेबापत प्रसाईंलाई सरकारले थुनेको उनले भनेका छन् ।
एमाले स्थानीय विकास विभागले आयोजना गरेको कार्यक्रममा ओलीले प्रसाईंलाई तत्काल छाड्न आग्रह गरेका थिए ।