नापी कार्यालय वीरगञ्जमा कार्यरत नापी सर्भेक्षक रामप्रमोद राउतसहित दुई जनालाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले घुससहित पक्राउ गरेका छन् । सेवाग्रहीसँग एक लाख रूपैयाँ घुस लिँदै गरेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको अख्तियारले भनेका छन् ।
छुट जग्गा दर्ता गर्न सेवाग्रहीसँग विभिन्न बहाना बनाई सेवाग्रहीसँग घुस मागेको आधारमा अख्तियारको टोलीले उनीहरूलाई पक्राउ गरेका हुन् । पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको अख्तियारले भनेका छन् ।