असोज ३० गते २०८३ || October 16, 2026

चोरी भएका र हराएका ५० ओटा मोटरसाइकल बरामद


बिहीबार , मंसिर ४ २०८२११:४०

चोरी  भएका र  हराएका  ५० ओटा मोटरसाइकल  बरामद

काठमाडौँ उपत्यकाबाट चोरी भएका र हराएका ५० ओटा मोटरसाइकल प्रहरीले बरामद गरेका  छन्  । उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट खटिएको टोलीले काठमाडौँ उपत्यकाको विभिन्न ठाउँबाट चोरी भएका र हराएका मोटरसाइकल बरामद गरेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीले बताएका छन्  ।

बरामद गरिएको मोटरसाइकल बिहीबार उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका डीआईजी ओम प्रसाद अधिकारीले सम्बन्धितलाई हस्तान्तरण गर्दैछन् ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend