असोज ३० गते २०८३ || October 16, 2026

विपिन आचार्य बने रास्वपा उम्मेदवार छनोट समितिका संयोजक


बिहीबार , मंसिर ४ २०८२१२:२९

विपिन आचार्य बने रास्वपा उम्मेदवार छनोट समितिका संयोजक

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ का लागि उम्मेदवार छनोट समितिको संयोजक सहमहामन्त्री विपिनकुमार आचार्यलाई बनाएको  छ । कार्यसम्पादन समितिको संयुक्त बैठकले उम्मेदवार छनोटसम्बन्धी रूपरेखा मस्यौदा सफलतापूर्वक तयार पारेको भन्दै आचार्यलाई थप जिम्मेवारी दिएका छन्  ।

पार्टी प्रवक्ता मनिष झाले भने, 'प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ का लागि उम्मेदवार छनोटसम्बन्धी रूपरेखा मस्यौदा सफलतापूर्वक सम्पन्न गर्नुभएका सहमहामन्त्री विपिनकुमार आचार्यलाई उम्मेदवार छनोट समितिको संयोजक तोकिएको हो  ।'

समितिको सदस्यमा सचिवालय सदस्य विराजभक्त श्रेष्ठ, केन्द्रीय सदस्य डा. चन्दा कार्की र राजन गौतम रहेका छन् भने सातै प्रदेश सभापतिहरू पदेन सदस्य रहनेछन् ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend