मध्यकम्बोडियाको कम्पोङ थोम प्रान्तमा एउटा बस पुलमा ठोक्किएर नदीमा खस्दा १३ जनाको मृत्यु हुनुका साथै २४ जना घाइते भएको स्थानीय प्रहरी अधिकारीहरूले भनेका छन् ।
सान्टुक जिल्लामा स्थानीय समय अनुसार बिहान करिब ३ः०० मा उक्त दुर्घटना भएको सान्टुक जिल्लाका उप प्रहरी प्रमुख सिव सोभन्नाले बताएका छन् । दुर्घटनाको लगत्तै घाइते तथा मृतकहरूलाई अस्पताल लगिएको जनाउदै उनले सबै पीडितहरू कम्बोडियाका भएको उल्लेख गरेका छन् ।