असोज २९ गते २०८३ || October 15, 2026

दुर्गा प्रसाईंलाई २४ घण्टाभित्र अदालतमा उपस्थिति गराउन आदेश


बिहीबार , मंसिर ४ २०८२०४:५२

दुर्गा प्रसाईंलाई २४ घण्टाभित्र अदालतमा उपस्थिति गराउन आदेश

सर्वोच्च अदालतले  दुर्गा प्रसाईंलाई २४ घण्टाभित्र अदालतमा उपस्थिति गराउन आदेश दिएको छ । प्रसाईंका छोरा निराजनले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमा बिहीबार न्यायाधीश मेघराज पोखरेलको इजलासले कारण देखाऊसहित प्रतिवादी प्रसाईंलाई सशरीर २४ घण्टाभित्र उपस्थित गराउन आदेश गरेको हो । 

प्रशासनले अनुमति नदिएकै बखत विरोध प्रदर्शनको धम्की दिएपछि उनलाई सार्वजनिक शान्तिविरुद्धको अभियोगमा पक्राउ गरी जिल्ला प्रशासनको अनुमतिमा चार दिन म्याद थप गरी जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिएको छ । प्रसाईंको थुना गैरन्यायिक भन्दै थुनामुक्त गर्न माग गर्दै छोरा निराजनले बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका हुन्  । 

 




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend