विद्यार्थी बोकेको बस आज बिहान दुर्घटना हुँदा ११ जना घाइते भएका छन्। शैक्षिक भ्रमणमा दाङबाट आएका विद्यार्थी रानीमहल जाने क्रममा दुर्घटना भएको थियो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीका अनुसार घाइते सबैलाई तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा पुर्याइएको छ।