असोज ३० गते २०८३ || October 16, 2026

एमालेको र्याली रोक्न माइतीघर पुगे घाइते जेनजी


शुक्रबार, मंसिर ५ २०८२०३:४८

एमालेको र्याली रोक्न माइतीघर पुगे  घाइते जेनजी

नेकपा एमालेले आज नेशनल भोलेन्टियर फोर्सको नाममा आज नयाँ संगठन घोषणा गर्दैछ । केपी शर्मा ओलीले  कार्की बैंक्वेटमा भोलेन्टियर फोर्स घोषणा गर्न लागेका हुन्। तीनकुनेबाट एकालेको र्‍याली माइतीघरतर्फ निस्किसकेको छ ।

जेनजी समूहका घाइते भन्दै एउटा समूह माइतीघर मण्डलमा धर्नामा बसेका छन्  । उनीहरूले आफूहरू न्यायका लागि लडिरहेको भन्दै त्यहाँ कसैलाई आउन नदिने भनेका  छन् । अहिले प्रहरीले माइकिङ गरेर माइतीघरमा कुनै भेलाको आयोजना नभएको भन्दै उनीहरूलाई संयमित रहन आग्रह गरिरहेको छ ।

एमालेको र्‍यालीबीच जेनजी सडकमा उत्रिएपछि तनावको सम्भावना बढेको छ  । उनीहरूले एमालेको गतिविधिप्रति आक्रोश व्यक्त गर्दै नाराबाजी गरेका  हुन् । सम्भावित मुडभेडलाई ध्यानमा राख्दै माइतीघर क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको ठूलो संख्या परिचालन गरिएको छ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend