‘उचालेको खुट्टामा जेनजीको जुत्ता चुनाव चिह्न’ प्रस्ताव गरेर दल दर्ताको निवेदन निर्वाचन आयोगमा पुगेका छन् । नेपाल जनसेवा पार्टी नामक दलले यस्तो चुनाव चिह्न प्रस्ताव गरेका हुन् । यो पार्टीको अध्यक्ष प्रकाश खड्का रहेका छन् । २८ वटा नयाँ पार्टी दल दर्ताको प्रक्रियामा रहेका छन् ।