एमालेले सरकारको विरोधमा चरणबद्ध कार्यक्रम गरिरहेको छ । आजको सभालाई अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेललगायत नेताहरूले सम्बोधन गर्ने तालिका छ । नेकपा एमालेको जनसभामा सहभागी हुन विभिन्न जनवर्गीय संगठनले र्याली निकालेका छन् । प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा हुने सभामा सहभागी हुन राजधानीका विभिन्न स्थानबाट एमालेका कार्यकर्ताहरू सभास्थल पुग्दै छन् ।