काठमाडौंको नयाँ बसपार्क नजिकै सडकमा एउटा शव फेला परेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार, शनिबार बिहान लुगा कपडाले पोको पारेको अवस्थामा शव फेला परेको थियो । फेला परेको शव अहिले पोस्टमार्टमका लागि पठाइएको उनले बताएका छन् । शवको सनाखत भएको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको उनले जानकारी दिएका छन् ।