झापाको बिर्तामोड नगरपालिका–७ मियाबारीस्थित रेखा खोलामा एक व्यक्तिको शव फेला परेपछि प्रहरीले दुई जनालाई पक्राउ गर्दै अनुसन्धान सुरु गरेको छ। ५२ वर्षीय आनन्द चौधरीको शव स्थानीयले गएराति रेखा खोला नजिकै फेला पारेका थिए।
घटनाबारे जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालयको टोली घटनास्थल पुगी कानुनी प्रक्रिया सम्पन्न गरेर शव परीक्षणका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिएका छन् ।
घटनासम्बन्धी अनुसन्धानका क्रममा सोही स्थानका ४८ वर्षीय पुरन चौधरी र ३२ वर्षीय श्याम चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुवै जनामाथि आवश्यक अनुसन्धान सुरु गरिएको श्रेष्ठले बताएका छन्।