आज मन्त्रिपरिषदको बैठक बस्दैछन् । प्रधानमन्त्री सुशिला कार्कीले दिउँसो ३ बजे सिंहदरबारमा बैठक बस्ने गरि बोलाएकी हुन् ।आजको बैठकमा नयाँ मुख्यसचिव नियुक्तिको सम्भावना रहेको छ । वर्तमान मुख्यसचिव एकनारायण अर्याल ५८ वर्षे उमेर हद पूरा गरेर मंगलबार रातिबाट अनिवार्य अवकाशमा जान लागेका कारण नयाँ मुख्यसचिवको नियुक्तिको तयारीमा सरकार रहेको छ । अर्याल २०८१ साल भदौ १३ गते मुख्य सचिवमा नियुक्त भएका थिए ।
अर्यालपश्चात गोकर्णमणी दुवाडीको रोलक्रम रहेपनि उनी पनि अवकाशमा जाँदैछन् । त्यस्तै गृहसचिव रहेका दुवाडी नयाँ सरकार आएसँगै योजना आयोगमा सरुवा भएका थिए । मुख्यसचिवको दौडमा सुमन अर्याल, मधुसूदन बुर्लाकोटी, डा. कृष्णहरि पुष्कर र प्रमिला देवी शाक्य बज्राचार्य रहेका छन् ।