ऊर्जा, सहरी विकास मन्त्री कुलमान घिसिङले सरकारले घोषणा गरेको मितिमा नै निर्वाचन हुने उनले बताएका छन्। सोमबार राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा यस्तो भनेका हुन्।
उनले निर्वाचनका विषयमा सरकारले राजनीतिक दलहरूसँग छलफल गरिरहेको बताएका छन् । उनले भने,'निर्वाचन समयमा हुन्छ। सरकार निर्वाचन केन्द्रित काम गरिरहेको छ। सबै राजनीतिक दल निर्वाचनमा जानुको विकल्प छैन। उनले अहिले निर्वाचनको लागि राजनीतिक दलहरू निर्वाचन आयोगमा दर्ता भइरहेको जानकारी दिए।