असोज ३० गते २०८३ || October 16, 2026

एमालेको ११ औँ महाधिवेशन प्रतिगमनविरुद्धको निर्णायक धक्का


सोमबार, मंसिर ८ २०८२०४:५२

एमालेको ११ औँ महाधिवेशन प्रतिगमनविरुद्धको निर्णायक धक्का

नेकपा एमालेका महासचिव प्रदीप ज्ञवालीले पार्टीको ११ औँ महाधिवेशन प्रतिगमनविरुद्धको निर्णायक धक्का हुने बताएका छन् । ११ औँ महाधिवेशन प्रचार समितिको सोमबारको बैठकलाई सम्बोधन गर्दै ज्ञवालीले एमालेले विभिन्न तहका जनपरिचालन, जनप्रदर्शन र तथा जनसभाहरूबाट पार्टीले प्रतिगामी कदमको विरोध गरिसकेको उल्लेख गरेका छन्  ।

उनले एमालेको नीति, महाधिवेशन र नेतृत्वविरुद्ध यही मौकामा अनेक प्रहार हुनसक्ने भएकोले त्यसप्रति सचेत रहनुपर्ने जानकारी दिएका छन्  । 

कतिपय सन्दर्भमा जेन–जीको विरोधी एमाले भन्ने भाष्य बनाउन एकथरी शक्ति लागिरहेकोले त्यसको वास्तविकता पनि बाहिर ल्याउनुपर्ने उनको भनाइ छ । उनले एमाले युवा मैत्री पार्टी भएकोले त्यो भाष्य समाजमा स्थापित हुनुपर्ने बताएका छन् । पार्टीको  ११ औँ महाधिवेशनपछि एमाले झनै बलियो हुने विश्वास गरिएको उनले  भनेका  छन्  ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend