प्रधानमन्त्री कार्यालयभित्रै जेनजी अगुवाहरूबीच भनाभन भएको थियो । सोमबार प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन सिंहदरबार पुगेका जेनजी अगुवाहरू ओजस्वीराज थापा र सुप्रिया राज्यलक्ष्मी शाहीबीच भनाभन भएको हो। प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयमा नातेदार नियुक्तिको विरोध जनाउन पुगेका जेनजी अगुवाबीच नै विवाद भएको हो । प्रधानमन्त्री कार्की भने उनीहरूलाई भेट्दै नभेटी सिंहदरबारबाट बाहिरिएकी छन् ।