असोज ३० गते २०८३ || October 16, 2026

टीओबीका बारेमा के भन्छन् प्रहरी ?


सोमबार, मंसिर ८ २०८२०५:४९

टीओबीका बारेमा के भन्छन् प्रहरी ?

नेपाल प्रहरीले जेनजी आन्दोलनमा टिओबी समूहको भूमिकाका बारेमा अनुसन्धान जारी नै रहेको जनाएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै टिओबीका मुख्य व्यक्ति भनिने तेन्जिन दावा लामा हिरासतमै रहेको र जेनजी आन्दोलनमा टिओबी समूहको भूमिकाका बारेमा अनुसन्धान जारी रहेको जनाएको हो। 

परिसरका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले टिओबीको लागोको डिजाइन हिरासतमै रहेका तेन्जिनले गरेको खुलेको बताएका छन् । त्यस्तै हिरासतमा रहेका तेन्जिनले आफूले भीडमा गएर उत्तेजित गर्ने काम गरेर गल्ती गरेको बताएको प्रवक्ता भट्टराईले जानकारी दिएका छन् ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend