कञ्चनपुरको भीमदत्त नगरपालिका–१४ स्याउलेमा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आएको हात्तीको आक्रमणमा परी स्थानीय ४५ वर्षीया धाना बिष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं डीएसपी सागर बोहराले जानकारी दिएका हुन् ।
जंगली हात्ती गाउँ पसेर स्थानीयको घर भत्काउन लागेको खबरपछि निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेना र झोलुंगे पुल प्रहरी पोस्टबाट टोली घटनास्थलमा पुगेर उद्धार कार्यमा जुटेको थियो । शव परीक्षणका निम्ति अस्पतालमै राखिएको प्रहरीले जानकारी दिएका छन् ।