असोज ३० गते २०८३ || October 16, 2026

काठमाडौं उपत्यका प्रहरीको कमाण्ड कार्कीलाई


मंगलबार, मंसिर ९ २०८२११:४१

काठमाडौं उपत्यका प्रहरीको कमाण्ड कार्कीलाई

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी नवनियुक्त अतिरिक्त महानिरीक्षक  एआईजी  ईश्वर कार्कीले पाएका छन्।  यस अघि डीआईजी हुँदा कार्की कोसी प्रदेशको प्रहरी प्रमुख थिए। उपत्यका प्रहरी कार्यालय कात्तिक २६ गतेदेखि प्रमुखबिहीन भएको थियो। दानबहादुर कार्की आईजीपी भएपछि प्रमुख रिक्त भएको थियो।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले एआईजीमा सिफारिस कार्कीलाई बढुवाको निर्णय गर्दै उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा पदस्थापन गर्ने निर्णय गरेको हो।

 




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend