बुलेटको ठक्करबाट आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लमजुङको १८ वर्षीया राइना श्रेष्ठ रहेकी छन् ।जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार काठमाडौँबाट वीरगञ्जतर्फ जाँदै गरेको एनएल ०१ एल २४५३ नम्बरको खाली ग्यास बुलेटले बागमती प्रदेश ०६–००५ प ३०५४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा पछाडि सवार श्रेष्ठको मृत्यु भएको थियो ।
ठक्करबाट घाइते श्रेष्ठको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो । ठक्करबाट मोटरसाइकल चालक मृतकका बुबा ५२ वर्षीय राजकुमार श्रेष्ठ घाइते भएका छन् । उनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । ठक्कर दिने बुलेटका चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।