असोज ३० गते २०८३ || October 16, 2026

केदारनाथ शर्माले पाए रक्षा सचिवको जिम्मेवारी


मंगलबार, मंसिर ९ २०८२०६:००

केदारनाथ शर्माले पाए रक्षा सचिवको जिम्मेवारी

सरकारले चार जना सचिवको सरुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत चार जना सचिवको सरुवा गरेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव रबिलाल पन्थको राष्ट्रिय योजना आयोगमा सरुवा भएको छ भने कोशी प्रदेशका प्रमुख सचिव चन्द्रकला पौडेललाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिवमा सरुवा गरिएको छ । रक्षा मन्त्रालयका सचिव सुमनराज अर्याल मुख्यसचिवमा बढुवा भएसँगै उक्त मन्त्रालयमा सचिव पद रिक्त भएको थियो ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend